पोखरामा स्कुटर दुर्घटना हुँदा धौलागिरी दोहोरीका व्यवस्थापक सुसान गुरुङको मृत्यु
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखरामा आज बिहान स्कुटर दुर्घटना हुँदा पर्वत घर भएका सुसान गुरुङको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका– ८ सभागृह चोकबाट सृजनाचोकतर्फ आउँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर आकाशे पुलको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोलमा ठोक्किएर गम्भिर घाइते भएका गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्वतको पैयू गाउँपालिका ७ घर भएका गुरुङ पोखराको धौलागिरी दोहारी साँझ पोखराका व्यवस्थापक रुपमा रहेका थिए ।
यता पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघले गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ । संघले आज पोखराका सबै लोक दोहोरी रेष्टरेण्ट बन्द रहने समेत जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

